Breaking

आगामी चुनावमा दुईवाटा गठबन्धन बन्छ – नेता खनाल


काठमाडौँ – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताउनुभएको छ ।

बुधबार पार्टीले गैर आवासिय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सम्मानित नेता खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताउनुभएको हो ।

उहाँले सत्तारुढ दलहरुको पाँच दलिय गठबन्धन बन्ने र विपक्षमा अर्को चार दलिय गठबन्धन बन्नसक्ने बताउनुभएको हो । नेपाली जनमत दुईवटा गठबन्धनका बिचमा विभाजित हुने उहाँले बताउनुभयो ।

उहाँले गैर आवासिय नेपाली र नेपाली जनताको बिचमा प्राकृतिक सम्बन्ध रहेको बताउनुभयो । आगामी दिनमा पनि सो सम्बन्धलाई गहिरो, आत्मिय र घनिष्ठ बनाउनुपर्ने उहाँले बताउनुभयो ।