Breaking

प्रचण्ड पुनः गृहजिल्ला चितवन जाँदै


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृहजिल्ला चितवन जाँदै छन् ।

चिवतनमा उनले राप्ती नगरपालिकामा निर्मित हर्दी विद्युत सबस्टेसन उद्घाटन, भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिल्यान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्टहल उद्घाटन गर्ने कार्यक्रम छ ।

केही दिनअघि मात्र चितवन गएर फर्किएका प्रचण्ड सत्ता साझेदार नेपाली कांग्रेसले चुनावमा आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेको भोलिपल्ट पुनः त्यहाँ जान लागेका हुन् । चितवन कांग्रेसले भने स्थानीय तहको निर्वाचनमा गठबन्धनको कुराको विरोध गरिरहेको छ ।