समाचार

पोखरामा ट्रकको ठक्करबाट १ जनाको मृत्यु, एकजना घाइते


काठमाडौँ — कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । ठक्करबाट अर्का एकजना घाइते भएका छन् ।

आज बिहान करिब चार बजेको समयमा ना ६ ख ४७२५ नम्बरको ट्रकले ग १४ प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटर चालक पोखरा महानगरपालिका–१५ नयाँगाउँ बस्ने १८ वर्षीया अन्जना पाईजाको मृत्यु भएको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ट्रकको ठक्करबाट स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–१० घलेचोक बस्ने १८ वर्षीया मिना गुरुङ घाइते भएकी छन् । ट्रक र ट्रक चालकलाई बैदाम प्रहरीले नियन्त्रणमा लिएको छ ।