Breaking

श्रीलंकामा बिमस्टेक सम्मेलन, प्रधानमन्त्री देउवाले काठमाडौँबाटै सम्बोधन गर्दै


काठमाडौँ — बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० को पाँचौ शिखर सम्मेलन आज (बुधबार) श्रीलंकाको राजधानी कोलम्बोमा हुँदै छ ।

सम्मेलनले बिमस्टेक बडापत्र, बिमस्टेक ट्रान्सपोर्ट कनेक्टिभिटीसम्बन्धी गुरुयोजना र ‘बिमस्टेक कन्भेन्सन अन म्युचुअल लिगल एसिस्टेन्स इन क्रिमिनल म्याटर्स’ अनुमोदन गर्नेछ ।

सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंबाटै भर्चुअल सम्बोधन गर्दै छन् । यसअघि मंगलबार कोलम्बोमा बिमस्टेक विदेशमन्त्री स्तरीय बैठक भएको थियो । जसमा परराष्ट्रमन्त्री डा. नारायण खड्का सहभागी भए । अहिले उनी उतै छन् ।