Breaking

चीनले अफगानिस्तानलाई शान्तिपूर्ण पुनः स्थापनाका लागि सहयोग गर्ने


काठमाडौँ — असल छिमेकी र संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को स्थायी सदस्य भएको नाताले चीनले अफगानिस्तानको शान्तिपूर्ण पुनः स्थापनाका लागि सक्दो धेरै भूमिका निर्वाह गर्ने बताएको छ ।

यसै सन्दर्भमा चीनका परराष्ट्र मन्त्री वाङ यीले ३० देखि ३१ तारिखसम्म चीनको आन ह्वै प्रान्तको थुन्सीमा अफगानिस्तानको मन्त्रीस्तरीय सम्मेलनमा सहभागिता जनाउने र अफगानिस्तानको शान्तिका लागि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अफगान सङ्क्रमणकालीन सरकार गठन भएपछि चीनका उच्च पदाधिकारीले त्यहाँको भ्रमण गरेको यो पहिलोपटक हो ।

त्यसबाट के प्रमाणित गरिएको छ भने चीनले अफगानिस्तानको शान्तिपूर्ण पुनः स्थापनाका लागि सकारात्मक प्रयास गर्नुका साथै युद्धग्रस्त अफगानिस्तान छिटोभन्दा छिटो गरी राम्रो हुँदै जाने आशा पनि गरेको छ ।

चीन अफगानिस्तान राम्रो हुने अपेक्षा लिएको साँचो मित्र हुनुका साथै विश्व शान्तिको संरक्षण गर्नका लागि सकारात्मक सोचसहित अघि बढेको विश्व शक्ति राष्ट्र भएको पनि चिनियाँ अधिकारीले बताएका छन् । रासस