Breaking

विवेकशील साझा पार्टीमा तमासा, कार्यालयमा हानाहानको स्थिती, अल्पमतमा मिश्र


काठमाडौँ — पुरातनवादीशक्तीले बाटो विराएको भन्दै विकल्पकोवकालतगर्दैआएको वैकल्पिकशक्तीहरुको अवस्थाअहिले हरिविजोग छ । आफ्नो अस्थित्व रक्षाको चरणमै रहेका वेलाआन्तरिक विवाद सडकमै छताछुल्ल भएपछि उनीहरु जनतामाझजान सकिरहेका छैनन् । नेपालमा वैकल्पिक राजनीतिकशक्तीको दाबीगर्दै आएको विवेकशील साझा पार्टीको कार्यालयको दृश्य हो यो । उनीहरुले भन्ने गर्थे हामी देश परिवर्तन गर्छौ,पुरातनशक्ती पद र सत्ताको लडाईमा व्यस्त बने । अझै अघि बढेर राजनीतिफोहोर बनेको भन्दै फोहोर सफा गर्न फोहोरमै पसेको उनीहरुको तर्क थियो ।

तर हालतउनीहरुको पनिउस्तै । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रविरोधीपक्षले पार्टी केन्द्रीयकार्यालयमै पत्रकार सम्मेलन गर्न खोजेपछि तनावको स्थितिसिर्जना भएकाहो। असन्तुष्ट पक्षले सोमबार बैठक गरेर अध्यक्षमिश्रलाई किन कारबाहीनगर्ने भनेर तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसबारे जानकारी दिन पार्टी केन्द्रीयकार्यालय बखुण्डोलमा ११ बजे पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।त्यो कार्यक्रम रोक्न अध्यक्षमिश्रपक्षले कर्मचारी बाहेक अन्यकालागि पार्टी केन्द्रीयकार्यालय बन्द गरेको सूचना जारी गरेको छ । अनाधिकृत व्यक्तिहरुले कार्यक्रम गर्न खोजेको र त्यसको कारण उत्पन्न जोखिमलाई ध्यानमा राखीअनिश्चितकालकालागिकार्यालय बन्द गरेको सूचनामाउल्लेख छ ।

कार्यालय बन्द गरेपछि असन्तुष्ट पक्षका नेताकार्यकर्ताहरुले विरोध जनाएका छन् । त्यस क्रममाहोहल्ला र नाराबाजीभएको थियो । असहजस्थितिउत्पन्न भएपछि प्रहरी पनि परिचालन गरिएको थियो । केहि समय अघि विचारभन्दामाथि देश भन्दै अध्यक्षमिश्रले पार्टी नै कब्जा गरे भने राजतन्त्रको मुद्धामा त्वम शरणम भए । अर्का नेतृत्वकर्ता मिलन पाण्डेलाई राजनीतिकमुलधारबाट परपुर्याएकामिश्रअहिले आफै अल्पमतमा परेका छन ।मिश्रले २६ जनामाथिएकैपटक कारबाही गरेपछि पार्टीमा विवादझन् चुलिएको छ । असन्तुष्ट पक्षले मिश्रलाई नै कारबाही गर्ने गरी तयारी थालेको छ ।असन्तुष्ट पक्षले सोमबार पनि भेला गरेको थियो भने भेलामामिश्रपक्षिय नेताहरुको समेत उपस्थिती रहेको थियो ।

उनीहरु कोरम पुर्याएर मिश्रलाई कारबाही गर्ने तयारीमालागेका छन । आइतबारको बैठकमा मिश्रका पछिल्ला गतिविधिमाथि कडा आलोचनाभएको थियो । राप्रपासँग पार्टी एकीकरण गर्ने तथा कारबाहीको विषयमाथिप्रश्न उठेपछि मिश्रले तीविषयबारे बैठकको एजेन्डा नभएको बताएकाथिए । तर राप्रपाकानेताहरु भने घुमाउरो पारामाविवेकशील साझासंग एकताको कुरालाई स्वीकारेका छन । हुन त आफूलाई अबको विकल्पदाबीगर्दै आएको राप्रपाको पनिहालतउस्तै छ । राजेन्द्र लिङदेनको विजयलाई केहि सकारात्मक रुपमा हेरिएपनि पार्टी सिंगो रहन सकेको छैन ।विवेकशील साझाकाअध्यक्षमिश्रआफ्नो बाटै छोडेर त्यहि बाटोमा मिल्ने चेष्टा गरिरहेका छन ।फलत ः उनीमाथिलोकतान्त्रिकगतिविधिनगरेकोआरोप लागेको छ ।

असन्तुष्ट पक्षकाअनुसारमिश्रले पछिल्ला बैठकहरूमा राजतन्त्रसँगनजिकिएको बारेमा उठेका प्रश्नको जवाफसमेत दिन सकेका छैनन् । बरु उनीतीप्रश्नहरू बैठकको एजेन्डा नै नभएको भन्दै नउठाउन निर्देशनदिने गरेका छन । आकर्षक नारा दिएर जनताको नजरमा परेका बैकल्पिकशक्तिहरुले नै अहिलेजुन जोगीआएनीकानै चिरेको भन्ने उखानलाई चरितार्थ गरिरहेका छन् ।