Breaking

स्थानीय तहको चुनावमा तालमेल गर्ने काँग्रेसको निर्णय


काठमाडौँ — नेपाली काँग्रेसले स्थानीय निकायको निर्वाचनमा तालमेल गर्ने भएको छ । आज केन्द्रीय कार्यसमितिले आवश्यकता अनुसार स्थानीय निकायमा तालमेल गर्ने निर्णय गरेको हो । काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले सर्वसम्मत रुपमा तालमेल गर्ने निर्णय गरेको जानकारी दिए । यसअघि काँग्रेसभित्र डा शेखर कोइराला पक्षधरले तालमेलको विरोध गर्दै आएको थियो ।

तर, सभापति शेरबहादुर देउवासहित उनी पक्षधर नेताहरु तालमेलको पक्षमा उभिएपछि उक्त निर्णय भएको हो । आजको निर्णयसँगै काँग्रेसले सत्ता गठबन्धनका घटक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने निश्चितप्रायः भएको छ ।