काठमाडौँ — सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तिलप्रसाद श्रेष्ठले अदालतमा जनताले ढुङ्गा हान्ने अवस्था आउन नदिने बताउनुभएको छ । आज मङ्गलवार सिंहदरबरमा बसेको संसदीय समितिको बैठकमा सांसदहरूले सोधेको प्रश्नको उत्तर दिँदै प्रस्तावित न्यायाधीश श्रेष्ठले यस्तो बताउनुभएको हो । साथै उहाँले न्याय सेवालाई छिटो, छरितो र पारदर्शी बनाउन आफू केन्द्रित हुने उल्लेख गर्नुभयो ।
यसैबीच समितिको बैठकले न्याय परिषदबाट प्रस्तावित श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । योग्य, क्षमतावान् र अनुभवी रहेको कुरा सुनवाइको क्रममा पुष्टि भएपछि उहाँलाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।


प्रतिक्रिया