काठमाडौँ — नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार १४ अंकको गिरावट आएको छ । आइतबारदेखि नै घट्न थालेको नेप्सेमा आजसहित लगातार तेस्रो दिन गिरावट आएको हो । नेप्सेमा आइतबार ४१ अंकको र हिजो सोमबार २९ अंकको गिरावट आएको थियो । लगातार दुई दिनदेखि घट्दै आएको नेप्से आज फेरि १४ अंकले घटेको हो । नेप्सेमा गिरावट आएको दिन आज १ अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज होटल र टुरिजम समूह बाहेक सबै समूह घटेका छन् । होटल र टुरिजम समूहमा भने २५ अंकको सुधार आएको छ ।
देश
प्रतिक्रिया