Breaking

शेखर कोइराला समूहका वरिष्ठ नेताहरुलाई नसमेटिए देशभर आन्दोलन गछौँ: थापा


काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेसको १४औ महाधिवेशमा प्राप्त ४० प्रतिशत मतलाई सभापतिले बेवास्ता गरेकाले आन्दोलनमा जानु परेको बताएका छन् । चैत १४ गते आयोजित खबरदारी सभाको समीक्षा गर्न महामन्त्री गगन थापाको सचिवालय ज्ञानेश्वरमा भएको छलफलमा महामन्त्री थापाले सो कुरा बताएका हुन् ।

उनले संसदीय समिति गठन गर्दा शेखर कोइराला समूहका वरिष्ठ नेताहरुलाई नसमेटिए देशभर आन्दोलन गर्ने र पार्टी सभापतिलाई घेराबन्दी गर्नेसमेत चेतावनी दिए । उनले भने, ‘ संसदीय समिति गठन गर्दा शेखर कोईराला समूहका वरिष्ठ नेताहरुलाई नसेमेट्ने हो भने पार्टी नेतृत्वविरुद्ध देशैभर आन्दोलन गर्छौं। पार्टी सभापतीलाई घेराबन्दी गर्नेछौं ।यस्तै थापाले कांग्रेसको भातृसंस्थालगायत आगामी तीनै तहको निर्वाचनमा शेखर कोइराला समूहलाई समान अवसर र न्यायोचित व्‍यवस्थापन नभए विद्रोह हुन सक्ने चेतावनी समेत दिए ।