देश

भिरबाट लडेर प्रहरी जवानको मृत्यु


काठमाडौँ — सल्यानमा एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ३ का २४ वर्षीय पवन केसी मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले केसीको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने बताए । ड्युटी गर्ने ठाउँमा राइफल मात्रै फेला परेको हुँदा खोजी गर्ने क्रममा बिहान साढे ६ बजे भिरमुनी उनी मृत अवस्थामा फेला परेको डिएसपी खड्काले बताए ।

केसीको ड्युटी मंगलबार बिहान २ बजेदेखि ६ बजेसम्मको थियो । इलाका प्रहरी कार्यालय सितलपाटीदेखि १०० मिटर उत्तर तर्फ एउटा ५० ६० मिटरको भिर रहेको र त्यसैको मुनी केसीको शव फेला परेको हो, डिएसपी खड्काले भने, ‘केसी राति ड्युटी क्रममा कुनै कारणले भिर नजिक पुगेको र त्यहीँबाट लडेर मृत्यु भएको हुन सक्ने हाम्रो प्रारम्भीक अनुमान छ । रुकुमबाट केसीका परिवारका सदस्य आउन लागेको हुँदा आइसकेपछि मात्रै शव उठाइने र पोष्टमार्टमका लागि अस्पताल लगिने भएको छ । केसी गणमुकाम सुर्खेतमा दरबन्दी भइ इलाका प्रहरी कार्यालय सितलपाटीमा कार्यरत थिए ।