Breaking

ओलीले उद्घाटन गरे ११ करोडको ‘भ्यू टावर’


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘भ्यूटावर’को उद्घाटन गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका– २ स्थित शंकर नगरमा निर्मित १० तले टावरको मंगलबार अध्यक्ष ओलीले उद्घाटन गरेका हुन् ।

साढे ११ करोड रुपैया लागतमा टावर तयार भएको हो । कूल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको ‘भ्यू टावर’को पहिलोदेखि छैटौँ तलासम्म व्यावसायिक प्रयोजन हुनेछ भने बाँकी तलाबाट दृश्यावलोकन हुनेछ ।

लिफ्टसहितको सुविधा भएको ‘भ्यु टावर’ भित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकल कार्यालयसहितको सुविधा सम्पन्न रहेको नगरपालिकाले जनाएको छ । सो ‘भ्यु टावर’ बाट भारतको गोरखपुरसम्म देख्न सकिने छ ।