Breaking

चुनावको मुखमा भारत भ्रमण जाँदै प्रधानमन्त्री देउवा, के छन् काठमाडौँ र दिल्लीका चासो ?


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा चैत्र १८ गते (१ अप्रिल) भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री देउवाको साथमा उनकी पत्नी डा आरजु राणा पनि रहने बताइएको छ । भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, अन्य मन्त्रीहरु, सरकारका सचिव तथा अधिकारीहरु रहने मन्त्रालयले जनाएको छ ।

भ्रमणले नेपाल र भारतबिचको बहुआयामिक, वर्षौँ पुरानो र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति एम वेंकैया नायडूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

उनले चैत्र १९ मा हैदरावाद हाउसमा मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तय भएको छ। मोदीले देउवाको सम्मानमा दिवाभोजको आयोजना गर्ने बताइएको छ ।

त्यसैगरी, देउवासँग भारतका परराष्ट्रमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

देउवाले आफ्नो भ्रमणको अवसरमा नयाँ दिल्लीमा व्यापारी नेताहरूको भेलालाई सम्बोधन गर्ने भएका छन् । देउवाले चैत्र २० गते काठमाडौं फर्कनुअघि बनारसको पनि भ्रमण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा चैत्र १८ गते ९१ अप्रिल० भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री देउवाको साथमा उनकी पत्नी डा आरजु राणा पनि रहने बताइएको छ । भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, अन्य मन्त्रीहरु, सरकारका सचिव तथा अधिकारीहरु रहने मन्त्रालयले जनाएको छ ।

भ्रमणले नेपाल र भारतबिचको बहुआयामिक, वर्षौँ पुरानो र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति एम वेंकैया नायडूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

उनले चैत्र १९ मा हैदरावाद हाउसमा मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तय भएको छ। मोदीले देउवाको सम्मानमा दिवाभोजको आयोजना गर्ने बताइएको छ । त्यसैगरी, देउवासँग भारतका परराष्ट्रमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

देउवाले आफ्नो भ्रमणको अवसरमा नयाँ दिल्लीमा व्यापारी नेताहरूको भेलालाई सम्बोधन गर्ने भएका छन् । देउवाले चैत्र २० गते काठमाडौँ फर्कनुअघि बनारसको पनि भ्रमण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ ।