Breaking

माधव नेपाल टर्की प्रस्थान


काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल टर्की प्रस्थान गरेका छन् ।

टर्कीको अंकारामा आयोजना हुने इको क्लाइमेट कन्फरेन्समा सहभागी हुन नेता नेपाल सोमबार राति टर्की प्रस्थान गरेका हुन् । नेपाल टर्किस एअरलान्सको उडानबाट इस्तानावुल हुँदै अंकरातर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

मार्च २९ देखि ३१ सम्म अंकरामा हुने समिटलाई नेता नेपालले सम्बोधन गर्नेछन् । नेता नेपाल यही चैत्र १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।