काठमाडौँ — सत्ता बाहिर हुदा आफु केके न गर्छु भन्दै भाषण दिने राजनीतिक दल सत्तामा आए पछि पुरानै सैली अपनाउँछन । जसको मुख्य प्रभाव अर्थतन्त्रमा देखिएको छ । पछिल्लो समय मुलुकको अर्थतन्त्रको अवस्था हेर्दा ‘जुन जोगी आएपनि कानै चिरेको’ भन्ने उखानलाई चरितार्थ गरेको अवस्था छ । घर बाहिर चट्ट टाई–सुट, अनि घर भित्र सुकुलमा सुत्नुपर्ने चित्र देखिन्छ, मुलुकको अर्थतन्त्रमा । सत्तामा हुदा केहि नगर्ने अनि सत्ता बाहिर भए पछि अर्थतन्त्रलाई राजनीतिको भाडो बनाउने नेपालका नेताकै कारण मुलुकको अवस्था श्रीलंका जस्तो नहोला भन्न सकिन्न ।
आफु शक्तीमा हुदा कार्यकर्ता पोस्ने मात्र काम गर्ने नेताहरु सत्ता बहिर हुदा अर्थतन्त्र बचाउने उपाय सिकाउछन् । अहिलेको विपक्षी दल एमाले मात्र हैन्, एमाले सरकारमा हुदा प्रतिपक्षमा बसेको र हाल सत्तामा रहेको कांगेसको चाल पनि कम छैन । उसले पनि राजनीतिको अस्त्र अर्थतन्त्रलाई नै बनाईरहेको छ । देशको अर्थतन्त्रको बारे भाषणैपिच्छे जस लिन अर्थमन्त्री जनार्दन शर्मापनि छुटाउँदैनन् । तर व्यापार घाटा, बढ्दो आयात, विस्तारित चालू खाता घाटा, प्रत्यक्ष वैदेशिक लगानीमा कमी, सुस्त पूर्वाधार विकासको हविगत यथार्थ बनिरहेको छ ।
जसको सरकार आएपनि विकास खर्च गर्ने शैलीमा भने परिवर्तन आएको छैन । नयाँ सरकार गठन हुँदैगर्दा विकास र समृद्धिका नारा लगाएपनि सत्तामा आइसकेपछि पहिले जसरी खर्च गरिन्थ्यो त्यसैले नै आहिले पनि निरन्तरता पाइरहेको छ । अर्थतन्त्रको वागडोर सम्हालेका मन्त्री जनआर्दन शर्माले विकास निर्माणलाई प्राथमिता दिने भन्दै चालू आर्थिक वर्ष २०७८÷७९ को प्रत्येक महिना विकास खर्च १० प्रतिशतका दरले गरेर देखाउँने प्रतिवद्धता जानाएका थिए । उनले यसअघि ऊर्जामन्त्री हुँदा राम्रो काम गरेकोले अर्थतन्त्र सुधारमा पनि यीनले काम गर्छन भन्ने कतिपयको आकलन थियो । तर, उनको अर्थमन्त्रीको कार्यकाल र अन्य अर्थमन्त्रीको कार्यकालमा कुनै फरक पाइएको छैन् । बरु नेताहरु आफ्नु कार्यकालको असक्षमता भुलेर अन्य सरकारलाई दोस थुपार्दै राजनीति गरीरहेका छन ।


प्रतिक्रिया