Breaking

देउवाको गठबन्धन मोह, बैठक नेताहरुकोे तितो पोख्ने थलो मात्र, शेखर समूहलाई पेलेरै जाने


काठमाडौँ — सत्तारुढ दल नेपाली काँग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन सहित अगाडि बढ्ने निष्कर्ष निकालेको छ । संस्थापनइतरको असहमतिका बीच केन्द्रिय समितिमा बहुमतमा रहेका देउवा समूहले चुनावी तालमेलवारे पेलेरै अगाडि बढेका हुन् । गुटगत राजनीतिका कारण पिल्सिएको कांग्रेस स्थानीय तहको निर्वाचनका सवालमा समेत धूर्विकृत छ । संस्थापन पक्ष आगामी निर्वाचनमा गठबन्धनको पक्षमा मात्र छैन, गठबन्धन गरेर जाने निष्कर्ष नै निकालेका छन । देउवाका प्रतिस्पर्धि डाक्टर शेखर कोइराला समूहको असहमतिकै बीच केन्द्रिय समितिको बैठकले गठबन्धनसँग सहकार्य गरेर नै स्थानीय तह निर्वाचनमा पार्टी सहभागी बन्ने निस्कर्षमा कांग्रेस पुगेको छ ।

निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय हुन भने बाँकी छ । यसको छिनोफानो मंगलबारको केन्द्रिय समितिको वैठकले गर्नेछ । यद्यपि केन्द्रिय समितिमा बहुमत रहेका सभापति देउवाले संस्थापनइतरको असहमति रहे पनि निर्णय आफ्नो पक्षमा गर्ने सुनिश्चित छ । आगामी निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउन गठबन्धनको विकल्प नै नभएको कांग्रेस नेताहरुको तर्क छ । वैठकमा सबै केन्द्रिय सदस्यहरुले आ–आफ्नो विचार राख्दै चुनावी तालमेलवारे स्थानीयस्तरको अवस्था बुझेर सोहि अनुरुप अगाडि बढ्नु पर्ने सुझाएका थिए ।

गठबन्धनको नाममा केन्द्रले निर्णय लिन नहुने तर्क कायम छ, भने गठबन्धन नै गर्न नहुने तप्का पनि कांग्रेसभित्र छ । सबैको कुरा सुने पनि निर्णय भने सभापति स्वयमको पक्षमा हुने देखिएको छ । नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीलाई गठबन्धन गरेर नै निर्वाचनमा जाने बचन दिएका देउवाले आफ्नो बहुमतको प्रयोग गर्दै निर्णय आफ्नो पक्षमा गर्ने पक्का छ । फलतः देउवाले केन्द्रिय कार्यसमितिको वैठक नेताहरुको तितो पोख्ने स्थल मात्र बनाएका छन् ।