Breaking

एमालेलाई टाउको उठाउन नदिन सत्ता गठबन्धनको तयारी, कांग्रेस पनि अन्तत चुनावी गठबन्धनकै बाटोमा


काठमाडौँ — थानीय तहको निर्वाचनका लागि ४८ दिन बाँकी रहँदा राजनीतिक दलहरु जनताको घरदैलोमा पुगेका छन । नेपाली काँग्रेसले सत्ता गठबन्धनलाई कायमै राख्ने निष्कर्ष निकालेपछि भने वल्ल आगामी निर्वाचनको समीकरणका बारे टुङ्गो लागेका छ । तर यतिका रस्साकस्सीपछि आएको यो निर्णयलाई व्रेकथ्रु मानिएपनि यसपछिको अवस्था भने त्यति सहज देखिएको छैन । निर्वाचनको नजिकिदो समयका कारण प्रमुख प्रतिपक्षी दल निर्वाचनमा होमिरहँदा सत्ता घटकहरु भने गठबन्धनका विषयमा अलमलमै थिए । प्रतिगमनकारीहरुलाई परास्त गर्दै आगामी निर्वाचनमा टाउको उठाउन समेत नदिने बताउनेहरु नै लामो समय गठबन्धनको मोडालिटीकै विषयमा व्यस्त रहे ।

सत्ताघटकमध्ये माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धनको विकल्प नभएको निष्कर्ष निकालेपनि कांग्रेसले गरेको आलटालका कारण नतिजा निस्कन सकिरहेको थिएन । यहिबीचमा कांग्रेसभित्र पनि सभापती शेरबहादुर देउवा गठबन्धनको पक्षमा देखिदा एमालेलाई साइजमा राख्न पनि गठबन्धन आवश्यक भएको वरिष्ठ नेता रामचन्द्र पौडेलले दाबी गर्दै आएका छन् । अहिलेको लडाइँ नै एमालेसँग भएको पौडेलको भनाईकाबीच माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि तिनै तहमा गठबन्धन हुने बताँउदै आएका थिए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी गठबन्धनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति अत्याधिक विश्वास रहेको जनाँउदै आएका थिए । यहि बीचमा कांग्रेसको बहुमत केन्द्रीय सदस्यको निर्णयले सत्ताघटक गठबन्धनसहित निर्वाचनमा जाने पक्का भएको छ ।

यसअघिबाटै स्थानीय तहमा नभए पनि संसदीय निर्वाचनका दृष्टिबाट गठबन्धन आवश्यक रहेको देउवाको भनाई थियो । अहिले पेलेरै उनले आफ्नो निष्कर्ष अनुरुपको निर्णय गराएका छन । तर यसले गठबन्धनको विषयमा ब्रेक थ्रुको अवस्था आएपनि अवस्था त्यति सहज देखिएको छैन । कांग्रेस नेता डा.शेखर कोईराला पक्षले यसअघिबाटै गठबन्धनको विरोध गर्दै आएको छ । अहिले कांग्रेसलाई ऐतिहासिक अवसर आएको बताँउदै सो पक्षले विचार नै नमिल्नेसंग मिलेर जान नसकिने बताँउदै आएको छ । केन्द्रीय सदस्य मनोनय समयबाटै संस्थापनप्रति असन्तुष्ट पक्षले तरुण दल र नेवी संघ नेतृत्व चयनमा समेत पेलेर अघि बढेको भन्दै समानान्तरण गतिविधि नै सुरु गरिसको छ । त्यहिमाथि गठबन्धनको निर्णय पनि आफू अनुकुल नआएपछि यसलाई उनीहरुले सहजै स्वीकार गर्ने अवस्था छैन । जसले देउवाको सकस अझै अन्त्य भईनसकेको प्रष्ट छ ।

हुन त सभापति देउवाले पार्टीमा कसैलाई अन्याय नहुने भन्दै गठबन्धन गरेर अगाडि बढ्न आग्रह नै गरेका थिए । गठबन्धनमा सवैको भविष्य रहेको बताएका उनले भरसक सम्झाउने प्रयास पनि गरेकै हुन । तर यसअघिबाटै शंसकित रहेको कोईराला पक्षले उनको यो आश्वासन मान्ने सम्भावना कम छ । फलत ः वाहिरको समेट्न खोज्दा कतै गोजीको पनि खस्ने त हैन भन्ने डर पनि देउवामा देखिएको छ । अर्कातर्फ कतिपय स्थानमा कांग्रेस कार्यकर्ता नै माओवादी विरुद्द लाग्ने परिस्थीती बनिरहदाँ गठबन्धनसहित जाने कांग्रेसको निर्णयका कारण अन्तरघातका रुपमा देखिने सम्भावना पनि प्रवल छ । जसले कांग्रेसलाई दोहोरो क्षती नहोला भन्न सकिन्न ।