देश

भारतीय स्काभेटरको चाबी सशस्त्र प्रहरीले खोस्यो


काठमाडौँ — दार्चुलाको महाकाली नदीमा तटबन्ध निर्माणमा प्रयोग गरिएको भारतीय स्काभेटरको चाबी सशस्त्र प्रहरीले खोसेको छ । अनुमति बिना नेपालतर्फ आएपछि चाबी खोसेको पत्रकार भोजराज जोशीले बताए । न पालसँग समन्वय नगरी दार्चुलातर्फ भारतीय स्काभेटर आएपछि सशस्त्र प्रहरीले चाबी खोसेको हो । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले समन्वय बिना नेपाल ल्याएकाले चाबी थुतेको बताए । हामीसँग समन्वय नगरेर दार्चुलातर्फ भारतीय स्काभेटर आएको थियो । त्यसैले हामीले चाबी थुतेका हौं, उनले भने ।

उनले नेपालतर्फको बाटो प्रयोग गर्न लिखितरुपमा जानकारी लिनुपर्ने बताए । भारतले महाकाली नदीको बहाब नेपालतर्फ फर्काउने गरी तटबन्ध निर्माण गरेपछि लामो समयदेखि विवाद हुँदै आएको छ। ‘भारतीय पक्षले हामीसँग समन्वय नगरेर महाकालीमा जथाभाबीरुपमा तटबन्ध निर्माण गरिरहेको छ । चाबी सशस्त्र प्रहरीले थुते पनि भारतीय स्काभेटर चालकले अर्को चाबी प्रयोग गरेर फिर्ता लगेका छन्, ।एक साताअघि भारतीय पक्ष र नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारीबीच महाकालीमा तटबन्ध कसरी निर्माण गर्ने सम्बन्धमा कुरा भए पनि कार्यान्वयन हुन सकेको छैन ।