काठमाडौँ — यस बर्ष हिमाल चड्नेको संखया बढ्ने सकेंत देखिएको छ । कोभिड–१९ को महामारी न्यून भएसँगै सन् २०२२ को वसन्त ऋतुमा हिमाल आरोहणमा जाने पर्वतारोहीको संख्या बढ्ने संकेत देखिएको छ । पर्यटन विभागले यस सिजनमा हिमालमा चढ्न आउने पर्यटकलाई आरोहण अनुमति दिन सुरु गरेको छ । विभागका अनुसार यो सिजनका लागि सोमबारसम्म १६ वटा हिमालमा पर्यटकहरुले आरोहण अनुमति लिइसकेका छन् ।
कुल १२८ जना आरोहीले ती हिमाल चड्ने गरी अनुमति जारी भएको विभागले जनाएको छ । यसमध्ये सगरमाथामा एउटा समूहले आरोहण अनुमति लिएको छ । सगरमाथाका लागि एक समूहका ९ जना सदस्य रहने गरी आरोहण अनुमति जारी भएको छ । सोमबारसम्म अमादब्लमका लागि एक समूहमा १५ जना रहने गरी अनुमति जारी भएको छ । पर्यटन व्यवसायीहरुका अनुसार आरोहीहरु नेपाल आउने क्रम सुरु भइसकेको छ । पर्वतारोहणमा आउने आरोहीहरु नेपालमा सबैभन्दा लामो बसाइ अवधि भएका र खर्चालु पर्यटक मानिन्छन् ।


प्रतिक्रिया