Breaking

स्थानीय तहमा तालमेल नगरौँ : शशांक कोइराला


काठमाडौँ — नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले स्थानीय तह निर्वाचनमा गठबन्धन नगर्न प्रस्ताव गरेका छन् । गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा सोमबार बोलेका कोइरालाले स्थानीय निर्वाचन सकिएपछि प्रदेश र संघमा गठबन्धन गर्ने नगर्ने विषयमा छलफल गर्न प्रस्ताव गरेका हुन् ।

“पार्टीभित्रै एक मत हुन नसकेको अवस्थामा स्थानीय तह निर्वाचनमा तालमेलपट्टि नलागौँ, शशांकको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “स्थानीय चुनाव सकिएपछि प्रदेश र केन्द्रमा गठबन्धन गर्ने नगर्ने विषयमा सल्लाह गरौँला ।