देश

शेर्पा संघले गर्‍यो ८ जनालाई सम्मान


काठमाडौँ — नेपाल शेर्पा संघद्वारा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । संघको केन्द्रीय कार्यालय नाराणटारमा आयोजित एक कार्यक्रमकाबीच शेर्पा समुदायबाट विभिन्न पद पुन सफल ८ जना ब्यक्तिलाई सम्मान तथा बधाई ज्ञापन गरेको हो । संघले राष्ट्रिय सभाका सदस्य सोनाम गेल्जेन शेर्पा, नेपाल आदिवासी जनजाति महासंघका निर्वाचित अध्यक्ष गेल्जे शेर्पा लामा, बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपु छेम्बे शेर्पा, नेपाल निर्माण व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष इ आङ दोर्जी शेर्पा र नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पालाई सम्मान तथा बधाई ज्ञापन गरिएको हो ।

कलाकारितातर्फ भ्वाइस अफ् नेपालका सोनाम ग्याल्छो शेर्पा, भ्वाइस अफ् किड्सककी पासाङ दिकी शेर्पालाई सम्मानित गरेका छन् । कार्यक्रममा संघीय सांसद जिपछिरिङ लामा शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।