देश

ओलीलाई साइजमा राख्न गठबन्धन गर्नुपर्छ: पौडेल


काठमाडौँ — कांग्रेसका नेता रामचन्द्र पौडेलले एमाले र केपी शर्मा ओलीलाई साइजमा राख्न पनि गठबन्धन आवश्यक भएको बताएका छन् ।

उनले अहिलेको लडाइँ नै एमालेसँग भएको बताएँदै भने, अहिले ओलीलाई बलियो बनाउन हुँदैन । प्रचण्ड र माधव नेपाललाई हामीले मत दिएर पनि राख्नुपर्छ । ओलीलाई साइजमा राख्नुपर्छ । नभए लोकतन्त्र संकटमा पर्छ ।