काठमाडौँ — गृहमन्त्री बालकृगष्ण खाँणले सरकार बन्नुअघि नै तीनै तहको निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको खुलासा गरेका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा शेखर कोइराला र उनको टिमले पार्टीले गठबन्धनका नाममा कम्युनिष्टलाई बोकेर पार्टीको नीति र सिद्धान्तलाई नै तिलाञ्जली दिएको आरोप लगाएपछि खाँणले यस्तो बताएका हुन् ।
सरकार बन्ने बेलामा नै तीनै तहको चुनावमा गठबन्धन हुने भनिएको थियो,” खाँणले बैठकमा भने, त्यो सहमति कांग्रेसले तोड्न हुँदैन । तर, गठबन्धनका नाममा आफ्नो संगठन अलग–थलग पार्न पनि हुँदैन । उनले गठबन्धनका विपक्षमा रहेका पार्टी नेताहरुलाई कांग्रेसलाई सहमति कार्यान्वयन च्युत नगर्न आग्रहसमेत गरेका थिए ।


प्रतिक्रिया