राजनीति

शेखर पक्षका तरुण र विद्यार्थीको अलग्गै बैठक बस्दै, सामानान्तर गतिविधि गर्ने तयारी


काठमाडौँ – नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला निकट तरुण र विद्यार्थी नेताहरुको आज अलग्गै बैठक बस्दै छ ।

पार्टी सभापति शेरबहादुर देउवाले तरुण दल र नेविसंघमा एकलौटी नियुक्त गरेको भन्दै असन्तुष्ट कोइराला पक्षले काठमाडौंको बत्तिसपुतलीस्थित एक फुडल्याण्डमा गुटगत बैठक बोलाएका हुन् ।

दिउँसो बस्ने बैठकमा संघर्षलाई कसरी अघि बढाउने भनेर छलफल हुने शेखर कोइराला निकट विद्यार्थी र तरुण नेताहरूले बताएका छन् ।

पार्टी सभापति देउवाले ९ चैतमा तरुण दल अध्यक्षमा विद्वान गुरुङ र नेविसंघ अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गर्नुभएको थियो ।

एकलौटी निर्णय भएको भन्दै शेखर कोइराला पक्षले पार्टी कार्यालय सानेपामा पार्टी सभापति देउवाविरुद्ध प्रदर्शन समेत गरेको थियो । कोइराला पक्षले सामानान्तर गतिविधि गर्ने तयारी गरिरहेको छ ।