Breaking

बीआरआईमा देउवाको बेवास्ता, देउवा पश्चिमतिर ढल्किएको चीनलाई आशङ्का


काठमाडौँ – एमसीसी अनुमोदन तथा देउवाको पश्चिम ढल्काइ बढेपछि नेपाल भ्रमणमा आएका चीनीया विदेशमन्त्री वाङ यी अझ शशंकीत भएर फर्किएका छन । एमसीसीमा ढिलो गरेको तोडमा डोनाल्ड लुको आक्रामक टेलिफोन र लगत्तै बढेको राजनीतिक सरगर्मीकाबीच नेपालले एमसीसी सम्झौता अनुमोदन गरेपछि बेइजिङको चासो बढेको थियो ।

फलत ः अकस्मात चीनको उच्चस्तरको भ्रमण भएपनि बीआरआई सम्झौतामै देउवाले शर्त राखेपछि उनी अझ शंशकीत बन्दै स्वदेश फर्किएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको पद सम्हालेपछि बढेको नेपालको पश्चिम ढल्काइ बुझ्न नेपाल भ्रमणमा आएका चीनीया विदेशमन्त्री वाङ यी अझ शशंकीत भएकार स्वदेश फर्किएको विश्लेषण हुन थालेको छ ।

विगतका दिनबाटै नेपाली भूमि आफूविरुद्ध प्रयोग हुनसक्ने आशंकामा रहेको चीन यो भ्रमणमा पनि त्यो आशंका कायमै नै रहेको हो । उनको भ्रमणका क्रममा सरकारको नेतृत्व ले नै चिनलाई विश्वास दिलाउन सक्यो न त चीनले नै विश्वास गर्यो ।

यसअघिबाटै जसरी सहयोगको प्रतिवद्धता गर्दै चिनले कार्यान्वयनमा आलटाल गर्दै आएको छ त्यसरी नै नेपालका नेताहरु पनि चीन विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धता गर्ने तर सो अनुरुपको व्यवहार भने देखाएका छैनन् ।

आफू सत्तामा पुग्नका लागि कसैले चीनीया र कसैले भारत र कसैले अमेरिकी कार्ड खेल्दै आएकोले पनि कुनै पनि छिमेकीको विश्वास जित्न सक्ने अवस्थामा नेपाली राजनीतिक दल छैनन् । त्यसो त कम्युनिष्ट एक गराएर सि जिनपिङ विचारधारा अनुरुप नेपालको कम्युनिष्ट पार्टी अघि बढाउने चीनको सपना पनि तुहियो ।

यति हुँदा पनि चुप बसेको चीन जव कम्युनिष्टहरु नै एमसीसीको सारथी बने तव झस्किएको चीनले अब आफूले पनि केहि फरक कदम चाल्न पर्ने निष्कर्षमा पुगेको थियो । अर्कातर्फ उनको भ्रमणलाई राजनीतिक दृष्टिबाट पनि हेरिएको छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेलको बेइजिङ यात्राकै बेला माओवादी केन्द्रका नेता देव गुरुङको नेतृत्वमा अर्को टोली चीनमा छन भने देउवाले वाम गठबन्धनको डर केन्द्रीय समिति मै देखाएका छन । नेपाललाई भएको लाभको तर्फबाट हेर्दा भ्रमणमा उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो हस्तान्तरण, नेपालबाट चीनमा घाँस निर्यात, अनि खोप प्रमाणपत्रको व्यवस्था र संयुक्त सीमा निरीक्षणजस्तका कार्यमा आफूलाई सिमित गरेपनि उनको भित्रि उदेश्य आफ्नो विश्वासको व्यक्ति खोज्नु केन्द्रित देखिएको थियो ।

आफूले विश्वास गरेका पात्र प्रचण्डले यसअघि नै धोका दिएको बुझेको चीनले आफ्नो विश्वासयोग्य पात्र भने पाएको छैन । त्यसैले कांग्रेसतर्फ पनि यसअघि हात बढाएको चीनको पछिल्लो चाललाई अव पार्टीगत भन्दा राष्ट्रस्तरमा चीन हेर्न थालेको र सम्बन्धमा विविधिकीकरण गरेको यसअघि बाटै विश्लेषण हुँदै आएको थियो ।

त्यसैले नेपालले पनि यो अवसरको उपयोग गर्दै वीआरआई बारे ठोस निर्णय लिने तथा नेपाल कसैप्रति नढल्किएको प्रष्टयाउने धेरैले अपेक्षा गरेका थिए । तर देउवानिकट नेता प्रकाशशरण महत परराष्ट्रमन्त्री भएकै वेला हस्ताक्षर भएको यो सम्झौताका विषयमा देउवा फरक तरिकाले प्रस्तुत भएपनि विश्लेषण फेल खाएको छ ।

यसबाट आफूले विश्वास गरेकाबाट पनि धोका खाएको र कांग्रेस पनि आफ्नै विश्वासको शक्ती नहुने धारणा चीनले बनाएको छ । चीनका मात्र हैन हरेक छिमेक राष्ट्रका आफ्नै स्वार्थ हुन्छन। तर हाम्रा राजनीतिक दल भने राष्ट्रिय स्वार्थ भन्दा दलिय स्वार्थलाई महत्व दिएर सत्तामा पुग्ने जो संग जस्तो पनि व्यवहार गरेकै कारण चीन शंशकीत छ ।

यहि भ्रमणकै क्रममा पनि एमसीसीमा सहयोगी भूमिका खेलेका देउवाले वीआरआईजस्तो महत्वपूर्ण विषयलाई महत्व नै दिएनन् । देउवाले महत्व नदिएको थाहा पाएपछि कम्युनिष्ट घटकहरुले वीआरआई कार्यान्वयका लागि चीनलाई अनुरोध गरे ।

तर प्रचण्ड–माधवले भन्दा पनि यो सरकारको विषय भएकोले देउवा यो विषय नउठाएपछि यो भ्रमणमा वीआरआईले गती लिन्छ भन्ने विज्ञहरुको विश्लेषण र तर्क पनि फेल खाएको छ ।जुन विषयलाई चीनले कसरी लिन्छ त्यो भने आगामी दिनमै थाहा होला ।