Breaking

जनताको फन्दामा पर्दै सांसदहरु, कतै टाउको फोडे कोही कुलेलाम ठोकेर बचे


काठमाडौँ – राज्य सञ्चालनको मुख्य आधार भए पनि राजनीति जनताको नजरबाट सम्मान र इज्जतविहिन बन्दै गएको छ । खासमा नागरिकको आशा, अपेक्षा पूरा गर्न नसक्नु र गरिएका प्रतिबद्धताहरु कार्यान्वयनमा समेत चुक्दै गएपछि राजनीति जनताको नजरबाट गिर्दै गएको हो । नेताका आनाबानी र व्यवहार आलोचनाको शिकार मात्रै भएका छैनन्, जनता नेता लखेट्न उद्दत बनेका छन् ।

पछिल्लो केही दिन देखि सामाजिक सञ्जालमा नेकपा एमालेका सांसद गंगा चौधरी छाएकी छन् । उनी रोएको भिडियो यतिखेर निकै चर्चा समय सान्र्दभिक शब्द प्रयोग गर्ने हो भने भाईरल भएको छ । उक्त सांसद गंगा चौधरीको भिडियो नाटकै हो, नौटंकी नै हो भनि व्यंग्य हुने गरेको छ ।

पाँच बर्षको कार्यकाल भरि कामबाट जनताको मन खुशी बनाउनु छैन । निर्वाचन आउने बेला चाहीँ गरिखाने मजदुरलाई मजाक बनाएर, आफै भिडिओ खिचेर, आफैले गोहीका आँशु तुर्काएर रोए जस्तो गर्न यीनलाई पटक्कै लाज भएन भन्दै सामाजिक सञ्जालतिर चर्काे आलोचना भइरहेको छ ।

नाङलोमा बालुवा बोकेर दुईछाक टारिरहेका यी मजदुरहरुले नेताको यो हर्कतप्रति होस गुमाएको भए लाठ्ठी लगाएर लेखेटीसक्थे । तर आफ्नै दिदिबहिनीका अघि गएर चौधरीले यो नौटंकी देखाएपछि भने उनीहरु हाँसिरहे मात्रै । यद्यपी जनता अब लाटा छैनन्, आफुले दिएको मतको एकएक हिसाव खोज्न नेताहरुलाई घेर्न थालेका छन् ।घेर्ने मात्रै होइन, टाउका फुटाउने गरि जनता आक्रोशमा उत्रिएका छन् ।

शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा बाटो बनाउने विषयमा विवाद भएपछि स्थानीयले जसपाका प्रमुख सचेतक तथा प्रतिनिधिसभा सदस्य प्रमोद साहको टाउको नै फुटाइदिए । फुलजोर–त्रिभुवननगर सडक खण्ड विस्तारका क्रममा बयलबास बजारस्थित फुलजोड युवा क्लबको भवन बनाउने कि बाटो कायम गर्ने भन्ने विषयमा विवाद थियो ।

सांसद साह पक्ष बाटो बनाउनेमा अडानमा थियो, अर्काे पक्षले भवन बनाउने अडान लिएपछि विवाद भयो । झडपनै भएपछि लाठी र ढुंगा प्रहार गरेको आक्रोशित भीडले साहको टाउकोमा गम्भीर चोट पु¥याएको थियो ।

उनलाई तत्कालै हेलिकप्टरमार्फत उद्धार गरि अहिले काठमाडौंमा उपचार भइरहेको छ । घटनापछि जसपाले एमाले र काँग्रेसका कार्यकर्ताले सुनियोजित आक्रमण गरेको आरोप लगाएको छ ।

त्यस्तै भीडको फन्दामा केही दिनअघि एमाले बागमती प्रदेशका सांसद रामेश्वर फुयाल समेत परेका थिए । जोरपाटी–साँखु सडक पीच नगरेको भन्दै थलीबासीले सांसद फुयाललाई ¥याख¥याख्ती बनाएका हुन् । अनेक बहाना र आश्वसनपछि फुयाल त्यहाँबाट उम्कीएर ज्यान जोगाउन सफल भए ।

केहीदिन अघि नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापासमेत जनताको फन्दामा परे । एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले प्रर्खरवक्ताका छानेका थापालाई सुर्खेतका स्थानीयले सडकमा छेकेर ¥याख¥याख्ती पारे । उनी पनि त्यहाँबाट जसोतसो उम्किएर भाग्न सफल भए ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाईउपत्यका विकास प्राधिकरणमै कपनबासीले बाटो छेकेर अवरोध पु¥याएका थिए ।पटकपटकको आग्रहपछि पनि कपनक्षेत्रमा बाढीको समस्या समाधान नभएपछि आक्रोशित स्थानीयको घेरामा झाँक्री परेकी हुन् ।भीडलाई प्रहरीले बल नै प्रयोग गरेर रोकेपछि झाँक्रि भाग्न सफल भएकी थिइन् ।

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधूरामा समेत ‘घरघर जाऔं–काँग्रेस जिताऔं’ भन्ने अभियान लिएर गएका नेताहरुलाई स्थानीयले लखेटेका छन् । मुलतः नेताहरु प्रति बढ्दै गएको वितृष्णाकै कारण भीड आक्रोशित हुने मात्रै होइन, आक्रमणमै उत्रिने गरेको छ ।

आश्वसन दिने र पुरा नगर्ने । निर्वाचित भएपछि साढे चारबर्ष हराउने र निर्वाचनको मुखमा जनताको काम गरेजस्तो गर्ने, घरघर चाहर्दै फेरि आश्वसन दिन थाल्ने नेताहरु जनताकै फन्दामा पर्न थालेका छन् । नेताहरु देख्ने वित्तिकै एकाएक आक्रोशित हुनेमात्रै होइन, आक्रमणमै पर्न थालेपछि ‘नेता ज्यू’ सचेत हुने बेला आएको छ ।