देश

सबै प्रदेशमा एमाले कमजोर हुँदै गएको छ: माधवकुमार नेपाल


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै प्रदेशमा एमाले कमजोर हुँदै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित मुस्लिम इत्तेहाद संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो नम्बरमा रहेको र एमाले भुईमा पछारिएको समेत बताए ।

उनले सुदूरपश्चित सहित मधेस प्रदेश र कर्णाली प्रदेशमा एमालेभन्दा अगाडि रहेको धारणा राखे । उनले एकीकृत समाजवादी सुशासनको पक्षमा रहेको र आगामी निर्वाचनमा जनताले विश्वास गर्ने बताए । आन्दोलनका रक्षा गर्न, पार्टीको क्रान्तिकारी धारलाई तीखो बनाउनका लागि जनताले हौसला प्रदान गरेको उनको भनाइ छ ।