देश

सत्ता गठबन्धनसँग आयोगको साँठगाँठ छ: ओली


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निर्वाचन आयोगप्रति पुनः रुष्ट देखिएका छन् । मतपत्रको रङसम्बन्धी आयोगको निर्णयप्रति ओलीले फेरि आक्रोश व्यक्त गरेका हुन् । आइतबार काठमाडौंमा बसेको एमाले स्थायी कमिटी बैठकको सुरुवातमा उनले उक्त निर्णयप्रति आपत्ति जनाए । आयोगले सत्ता गठबन्धनसँग साँठगाठ गरेको आरोप पनि लगाएका छन् ।

“रङ फेर्ने निर्णय सच्याउनुपर्छ,” उनले भने । ओलीले मतपत्रको रङ हरियो राख्ने आयोगको निर्णयप्रति पटक–पटक आपत्ति जनाउँदै आएका छन् । बैठकमा उनले चिनियाँ विदेशमन्त्री वाङ यीसित भएको भेटवार्ताका विषयमा जानकारी पनि गराएका थिए । काठमाडौंको महाराजगन्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बैठक बसेको हो ।