Breaking

गठबन्धनबारे केन्द्रीय कमिटीले निर्णय गर्छ: पौडल


काठमाडौँ – सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको जारी केन्द्रीय कार्यसमितिबाट चुनावी गठबन्धनका विषयमा नीतिगत निर्णय हुने बताएका छन् । सानेपामा जारी केन्द्रीय समितिको बैठकबाट बाहिरिने क्रममा पौडेलले पत्रकारसँग अनौपचारिक कुराकानीमा यस्तो जानकारी गराएका हुन् ।

“गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय लिनेछ । कुन स्थानीय तह कसले लिने भन्ने त पछि निर्णय गर्ने कुरा हो,” उनले भने, “चुनावी तालमेलमार्फत गठबन्धन बचाएर लानुपर्ने आवश्यकता छ ।”

उनले धेरैजसो केन्द्रीय सदस्यहरूले पनि गठबन्धनकै पक्षमा धारणा राखेको जानकारी दिए । “धेरै साथीहरूको धारणा चुनावी तालमेलकै पक्षमा आएको छ,” पौडेलले भने, “कहाँ–कहाँ लिने, कहाँ–कहाँ छाड्ने भन्ने त पछि सल्लाह हुन्छ । यो बैठकले चुनावबारे सैद्धान्तिक निर्णय मात्र गर्छ ।”