Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

प्रदेश नं. २

हास्य कलाकार राजपाल यादव सर्लाहीमा,५६ किलोको फुलको माला लगाएर सम्मान


काठमाडौँ – यादव अर्थात् यदुवंशीहरुको छाता संगठन गोपाल सेवा समितिको नवौं राष्ट्रिय महाधिवेशन सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ । सो महाधिवेशनको उद्घाटन कार्यक्रममा भारतीय चर्चित हास्य कलाकार राजपाल यादवलाई प्रमुख अतिथिको रुपमा बोलाइएको थियो ।

हास्य कालाकार यादवलाई सर्लाहीवासी र समितिले ५६ किलो फुलको मालाबाट सम्मान दिएका थिए ।

उक्त महाधिवेशनबाट पुनः दोस्रोपटक लोकतान्त्रिक पद्धतिबाट संविधान सभा सदस्य एवं मधेश प्रदेश सांसद कौशल कुमार यादव निर्वाचित हुनुभएको छ । यादवको नेतृत्वमा १८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिएको छ ।