राजनीति

जनप्रतिनिधिलाई नागरिकको आवश्यकता बारे विचार गर्न सभामुख तिमिल्सिनाको आग्रह


काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिहरुलाई आफ्नो नेतृत्वमा देश र नागरिकको आवश्यकता पुरा हुने, नहुने बिचार गर्न आग्रह गर्नुभएको छ ।

आज गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको गाउँ सभा÷नगर सभा सञ्चालन तथा कानून निर्माण प्रक्रिया सम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले जनप्रतिनिधिहरुले दोहोरिने इच्छा देखाएर मात्रै नहुने बताउनुभयो ।

पदमा दोहोरिने भन्दापनि आगामी दिनमा के राम्रो काम गर्ने भन्ने विषय महत्वपूर्ण भएको उहाँले बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले सरकारले आम नागरिकको जनजिवनमा परिवर्तन ल्याउन सक्नुपर्ने बताउनुभयो ।