Breaking

ओली र वाङ यीबीच शिष्टाचार भेटवार्ता


काठमाडौँ – चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ । यीले आज प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष ओलीसँग काठमाडौंको एक होटलमा भेटघाट गर्नुभएको हो ।

भेटका क्रममा अध्यक्ष ओलीले बीआरआईसँग जोडिएका आयोजनाहरुलाई तत्काल अघि बढाउन आग्रह गर्नुभयो ।

भेटमा अध्यक्ष ओलीले कोरोनाको महामारीपछि बन्द भएका नेपालसँगका नाकाहरु खोल्न, हुम्ला पारी अलपत्र परेका करिव ५ सय जना नेपालीहरुलाई नेपाल आउने व्यवस्था मिलाइदिन पनि आग्रह गर्नुभएको बताउनु भयो ।

विभाग प्रमुख भट्टराईले छलफलमा चीनले नेपालसँग गरेको सहमति र सम्झौता पुरानै प्रतिवद्धताअनुसार नै अघि बढाउने विदेश मन्त्री यीले जानकारी दिनुभएको बताउनु भयो ।