Breaking

बीआरआई कार्यान्वयनमा पहलकदमी लिन वाङलाई प्रचण्डको आग्रह


काठमाडाैँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहुनभएका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

आज प्रचण्ड र वाङ यीबिच नक्सालस्थित होटल मेरियटमा भेटवार्ता भएको हो । चिनियाँ विदेशमन्त्रीलाई भेट्न प्रचण्ड मेरियट होटलमा पुग्नुभएको थियो ।

भेटमा प्रचण्डले बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयनमा पहलकदमी लिन आग्रह गर्नुभएको छ । ११ गते काठमाडौं आउनुभएका वाङ यी आजै साँझ स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।