Breaking

माधवले गरे ओलीलाई रावणसँग तुलना


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष ओलीलाई रावणसँग तुलना गर्नुभएको छ ।

आज काठमाडौँमा भएको समाजवादी प्रेस संगठन, नेपालको प्रथम विस्तारित बैठकमा अध्यक्ष नेपालले ओलीलाई रावणसँग तुलना गर्नुभएको हो । उहाँले रावण, कंश र शिशुपालले गरेका गल्तीहरु ओलीले गरिरहेको भन्दै उनीहरुसँग तुलनात्मक रुपमा अध्ययन गरेर देखाउन आवश्यक रहेको बताउनु भयो ।

अध्यक्ष नेपालले ओली कम्युनिष्टको आवरणमा जन्मिएको तानाशाह भएको टिप्पणी गर्नुभयो । उहाँले पछिल्लो समय देशभर नै आफ्नो पार्टीमा कार्यकर्ताहरुको आकर्षण बढीरहेको दाबीसमेत गर्नुभयो ।