Breaking

चिनियाँ विदेशमन्त्री भेट्न मेरियट होटल पुगे प्रचण्ड


कनठमाडौँ — तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी आजपनि राजनीतिक भेटघाटमा व्यस्त छन् । विदेशमन्त्री यीले विहान राष्ट्रपति विद्यादेखि भण्डारीसंग शितलनिवासमा शिष्टाचार भेटवार्ता गरेका थिए । राष्ट्रपतिसंगको भेटवार्तापछि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता भएको छ ।

होटल मेरियटमा भएको भेटवार्ता नसकिदै विदेशमन्त्री यी लाई भेट्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेरियट होटल पुगेका छन् । प्रचण्ड ओली र यीबीचको भेट नसकिँदै मेरियट पुगेका छन् । केहिबेरमा प्रचण्ड र विदेशमन्त्री यी बीच भेटवार्ता सुरु हुँदैछ । प्रचण्ड मेरियट पुग्नुअघि विहान आफ्नै निवासमा गृहमन्त्री बालकृष्ण खाँणसंग भेट गरेका थिए । गत ११ गते काठमाडौं आएका वाङ यी आजै स्वदेश फर्किंदैछन् ।