Breaking

ओली र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता


काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र चिनियाँ विदेशीमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

आइतबार बिहान ओली र वाङबीच काठमाडौँको मेरियट होटेलमा भेटवार्ता भएको हो । भेटमा दुईपक्षीय आपसी हितका विविध विषयमा विचार–विमर्श भएको बताइएको छ । त्यसक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताहरू पनि उपस्थित थिए ।

वाङले आजै सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सित पनि भेटवार्ता गर्नेछन् । तीनदिने नेपाल भ्रमणका क्रममा गएको शुक्रबार नेपाल आएका वाङ आजै स्वदेश फर्कने तालिका छ।