Breaking

प्रदेश १ को प्रदेश सभा बैठक बस्दै


काठमाडौँ — प्रदेश नम्बर १ को प्रदेश सभा बैठक आज पनि बस्दै छ । प्रदेश सभा भवन विराटनगरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक माथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ । ​विद्येयकमाथि गएको बिहीबारदेखि छलफल भइरहेको प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।

देशका ६ वटा प्रदेशले प्रदेशको राजधानी र नाम टुंगो लगाए पनि प्रदेश १ को संसदले अझै प्रदेशको नाम र राजधानी टुंगो लगाउन सकेको छैन । बैठकमा सांसदहरूले प्रदेशको नामकरण छिटो टुङ्ग्याउन दबाब दिँदै आएका छन् ।