समाचार

सानेपामा मोटरसाइकल दुर्घटना हुँदा १ प्रहरी जवानको मृत्यु


काठमाडौँ — ललितपुरको सानेपामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक प्रहरी जवान गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नविन न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ दुर्घटनामा गम्भीर घाइते न्यौपानेको उपचारको क्रममा सानेपास्थित स्टार अस्पतालमा मृत्यु भएको हो ।

बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल गएराति सवा १ बजे आफैँ अनियन्त्रीत भएर पल्टिँदा दुर्घटनामा भएको हो ।

दुर्घटनामा परेर तनँहुको आबुखैरेनी घर भई हाल महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी जवान सुमन कुमार सिंहको गम्भीर घाइते भएका छन् ।