Breaking

रामचन्द्र पौडेलको खुरापाती राजनीति,त्यागको नाटक–गोहीका आँशु


काठमाडौँ – एउटा राजनीतिज्ञका लागि उसको निष्ठा र त्याग नै सबैभन्दा ठूलो उदाहरण हो । नेपाली राजनीतिमा यस्ता घटनाहरु कमै मात्र हुने गरेका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनका बेला वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत त्यागका पर्यायका रुपमा हेरिएको थियो । तर राजनीतिक प्रतिस्पर्धाबाट बाहिरिएको घोषणा गरेका पौडेलले पुनः पार्टीभित्र गुट बनाएर भागबण्डा खोजिरहेका छन् ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनका बेला नेतृत्वका लागि अन्तिम रस्साकस्सीमा नेताहरु थिए । तर आफैले अगुवाइ गरेको संस्थापनइतर समूहलाई मिलाउन असफल भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले धुरुधुरु रोए ।राजनीतिक जीवनको उत्तरार्धमा प्रतिस्पर्धाको मैदान छोड्ने अवस्थामा पुगेँ भन्दै पौडेलले भारी मन बनाएर त्यागका आँशू बगाएका थिए ।

पौडेलले भक्कानिदै भनिरहेका थिए,अब काँग्रेसभित्र निष्ठा र त्यागको राजनीतिक बाँकी रहेन । सबै पदकै पछि दौडिए । म अब प्रतिपस्र्धाको राजनीतिमा छैन ।यसैकारण उनी १४ औं महाधिवेशनको निर्वाचन र मतदान प्रक्रियामै सहभागी भएनन् । पौडेल कृष्णप्रसाद भट्टराई पथमा अघि बढेको भन्दै सबैले सहानुभूति पनि दर्शाए ।

तर तीनै आँशुमहाधिवेशन सकिएपछिको चार महिना नबित्दै गोहीको आँशुका रुपमा परिणत भएका छन् । चारबर्षसम्म आफैले विकल्प खोजेका र सबैभन्दा धेरै विरोध गरेका सभापति शेरबहादुर देउवाकै पक्षमा उभिएर पौडेलले केन्द्रीय कमिटीमा स्थानको दाबी गरे । विरोधी समर्थक भएर निस्किएपछि राजनीतिक लाभ उठाउँदै देउवाले केन्द्रीय कमिटीमा मनोनित पनि गरिदिए ।

तीनै पौडेलमा अहिले पद लोलुप्ताको राजनीतिक यतिसम्म चढेको छ कि आगामी निर्वाचनमा आफ्नो पक्षले पनि हिस्सा पाउनुपर्ने भन्दै भागबण्डाको राजनीतिक सुरु गरेका छन् । महाधिवेशनअघि सभापति देउवाविरुद्धको शक्तिशाली समूहको नेतृत्व गरेका उनी अहिले एउटा सानो गुट बनाएर घर बसाउन खोजिरहेका छन् । र त्यसमा परिवारबाटै भड्किएका शशांक कोइरालाभन्दा अरुको साथ छैन ।

कुनै बेला शेखर कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, धनराज गुरुङ र गगनकुमार थापा जस्ता नेता उनकै पछि दौडिन्थे । तर उनीहरुले समेत अहिले धोकेबाजको नाम दिएर पत्याउन छाडेका छन् ।गत निर्वाचनमा आफ्नै क्षेत्रबाट चुनाव हारेपछि पौडेल संसद् प्रवेश गर्न पाएका थिएनन् ।

अहिले पनि जित्न सक्ने अवस्था छैन । तथापी गठबन्धनबीच चुनावी तालमेल गर्न पाए जितिन्थ्यो कि भन्ने आश पौडेलमा पलाएको छ । यसैकारण पार्टीको अधिकांश पंक्ति चुनावी तालमेलको विपक्षमा रहेका बेला पौडेल समूहले तालमेल गरेरै जानुपर्ने निर्णय गरेको छ । मुलतः तीन दशकसम्म संसदीय निर्वाचन जितेका पौडेलले १७ पटक प्रधानमन्त्रीको निर्वाचनमा हारेपनिअझै हुटहुटी मारेका छैनन् ।

अब १८औं पटक पुनः प्रधानमन्त्रीको रेशमा दौडिन पौडेलले कसरत चलाइरहेका छन् । तर अडानबाट विचलित भइरहने उनको राजनीतिक आचरण नै पटकपटक बाधक बन्ने हेक्का पौडेलले गरेका छैनन् ।