Breaking

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण


काठमाडौँ – चीन सरकारद्वारा निर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

शनिबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई चीनका राज्यपरिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेको परराष्ट्रमन्त्री डा.खड्काले जानकारी दिए ।

गएको जुलाई १० तारिखमै निर्माणको काम सकेर हस्तान्तरण गर्ने भनिएकामा कोरोना संक्रमणका कारण एक वर्षपछि सरेको हो । उक्त विमानस्थलमा आउँदो वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ । यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्ने पर्यटन मन्त्रालयले जनाएको छ ।

यसअघि सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा दुई मन्त्रीबीच भएको भेटवार्ता भएको थियो । सो भेटवार्तामा विभिन्न आर्थिक र प्राविधिक सहयोग विषयमा सम्झौता भएको थियो ।

नेपाल र चीनबीच क्रस बोर्डर रेल्वे परियोजनाका लागि सम्भाव्यता अध्ययनको लागि प्राविधिक सहायता योजनामा हस्ताक्षर भएको छ । यस्तै चीन–नेपाल पावर ग्रिड इन्टरकनेक्शनको सम्भाव्यता अध्ययन, नेपालबाट चीनमा प्रशोधित सुख्खा घाँस ९जबथबिनभ० निर्यातको सुरक्षा र स्वास्थ्य अवस्था सम्बन्धी प्रोटोकल, अरनिको राजमार्ग मर्मत सम्भार परियोजना, रेल्वे क्षेत्रमा सहयोग अभिवृद्धि, नेपाललाई चीनले कोभिड–१९ भ्याक्सिन सहायताको वितरण, नेपालमा काम गर्न चिनियाँ मेडिकल टोली पठाउने प्रोटोकल लगायतका विषयमा सम्झौता भएको छ । ​