Breaking

देउवा र वाङबीच शिष्टाचार भेटवार्ता


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवासित चीनका विदेशमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगी उनले प्रधानमन्त्रीसित भेटवार्ता गरेका हुन् ।भेटका क्रममा दुई देशबीच आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ । त्यसक्रममा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत अधिकारीको उपस्थिति थियो ।

विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डल तीनदिने भ्रमणका शुक्रबार नेपाल आएको हो ।