Breaking

परराष्ट्रमन्त्री खड्का र वाङबीचको भेटवार्ता सम्पन्न, कुन कुन विषयमा भयो सम्झौता ?


काठमाडौँ – परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच आज शनिबार सिंहदरबारमा भेटवार्ता भएको छ । सो भेटमा दुई राष्ट्रबीचका विभिन्न आयाम बारे छलफल भएको छ ।

दुई मन्त्रीबीच भएको सम्झौता सार्वजनिक गरिएको भने छैन । यद्यपि सम्झौताको विवरणबारे केही बेरपछि विज्ञप्तिमार्फत सार्वजनिक गरिने मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जनाएकी छन् ।

उनले भनिन्–‘द्विपक्षीय सम्बन्धका विभिन्न आयामहरूमा सौहार्दपूर्ण रूपमा कुराकानी भएको छ । केही सम्झौताहरूमा दुई देशका बीचमा हस्ताक्षर पनि भएको छ । आर्थिक तथा प्राविधिक सहयोग लगायत विभिन्न विषयमा सम्झौता भएको छ ।’

शुक्रबार तीन दिनको भ्रमणमा नेपाल आएका मन्त्री वाङले आज नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । आइतबार उनी स्वदेश फर्कनेछन् ।