Breaking

काँग्रेस, एमाले र माओवादीले देश बनाउँनै सक्दैन: अध्यक्ष लिङदेन


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले काँग्रेस, एमाले र माओवादी केन्द्रले देश बनाउन नसक्ने ठोकुवा गर्नुभएको छ । आज काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताउनु भएको हो ।

लिङदेनले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादीले कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर उनीहरुसँग नै नभएको आरोपसमेत लगाउनु भयो । उहाँले आगामी निर्वाचनमा भ्रष्ट नेतालाई भोट नदिने हो भने त्यो सजाय खुकुरी र तरवार चलाएको भन्दा ठूलो हुने बताउनु भयो ।

अध्यक्ष लिङदेनले जनताको हातमा पुनः शक्ति आउन लागेको भन्दै निर्वाचनमा मतरुपी शक्तिलाई उचित सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले आफ्नो पार्टीले ५ वर्षमात्रै देशको नेतृत्व पाए देशको मुहार फेर्ने गरी काम गर्ने दाबी गर्नुभयो ।