Breaking

५० प्रतिशतभन्दा बढी जनता एमालेको पक्षमा छन्: ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५० प्रतिशत नेपाली जनता एमालेकाे पक्षमा रहेको बताएका छन् । उनले कुनै पनि राजनीतिक दलले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै सबै दल एकातिर लागे पनि एमालेलाई कसैले जित्न नसक्ने दावी गरे ।

शनिबार उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौँको अधिवेशनमा बोल्दै उनले प्रतिष्पर्धा गर्न नसक्ने भएपछि प्रतिस्पर्धीहरु आत्तिएको पनि बताए । उने एमालेको प्रतिष्पर्धीलाई ‘क्षमताको शून्यता भएकाहरु’ भन्दै कटाक्ष गरे ।

ओलीले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा एमालेसँग डराएको बताए । देउवा एमालेको पाखुरा देखेर डराएको उनको भनाइ छ ।

ओलीले कुनै पार्टीसँग केही एजेण्डा नभएका कारण एमालेको भण्डाफोर मात्रै गर्ने भनेर आलोचना गरे । ‘उनी (दल)हरूले यो काम हिजो गरेको भन्न सक्दैनन् । भोलि यो काम गर्छु भन्न पनि सक्दैनन् । खाली एजेण्डा एमालेको भण्डाफोर गर्ने रे,’ उनले भने, ‘जनकपुर–रेल किन चलायौँ भन्ने होला । नेपालमा किन रेल कुदायौँ भन्ने होला ? पूर्व–पश्चिम रेलमार्गको नक्सांकन किन गरियो भन्ने होला ?’