Breaking

परराष्ट्रमन्त्री खड्कालाई भेट्न वाङ सिंहदरबार तर्फ


काठमाडौँ – तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्न सिंहदरवार लागेका छन् । समकक्षी खड्का र वाङबीच दिउँसो तीन बजे भेट्न पूर्वनिर्धारित कार्यक्रम रहेको सुरक्षा स्रोतले जनाएको छ । ट हुने सुरक्षा स्रोतले जनाएको छ ।

वाङले आज नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने छन् । उनीहरुबीचको भेट परराष्ट्रमन्त्री खड्कासँगको भेटपछि पाँच बजेका लागि तय भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार पुग्ने छन् ।

विदेशमन्त्री वाङले आइतबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटिसकेपछि एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम तय भएको छ । दाहाल र ओलीसँग वाङले राजधानीको मेरियट होटलमा भेट्ने कार्यक्रम रहेको छ ।

आज बिहानै वाङ शिवपुरी हाइकिङ गएका थिए । हाइकिङ पश्चात् उनी आफू बसेको होटल द्वारिकामा फर्केका थिए ।