Breaking

घाइते सांसदलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो


काठमाडौँ – झडपमा परि गम्भीर घाइते भएका सांसद् प्रमोद साहलाई थप उपचारका लागि काठमाडौँ ल्याएको छ । साङ्घातिक आक्रमणबाट घाइते भएका जनता समाजवादी पार्टी नेपालका संसदीय दलका प्रमुख सचेतक साहमाथि आज बिहान बाटो निर्माणको विषयलाई लिएर आक्रमण भएको थियो ।

सर्लाहीको ईश्वरपुर नगरपालिकामा पर्ने बययलबास बजारस्थित फूलजोर–त्रिभुवननगर सडकखण्ड विस्तारका क्रममा फूलजोड युवा क्लबको आधा भवन भत्किएको र बाँकी रहेको जग्गामा क्लबकै भवन बनाउन दिने कि नदिने भन्ने विषयमा स्थानीय बासिन्दाबीच विवाद भएको थियो । सोही विवादले झडपको रुप लिएको थियो । जसमा संघीय सांसद्समेत रहेका साह गम्भीर घाइते भएका थिए ।

साहको टाउकोमा गहिरो चोट लागेको छ । बयलबासस्थित अमृत हेल्थकेयर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।