Breaking

कांग्रेसले माओवादीलाई भोट हाल्दैनन्, एक्लै चुनाव लड्नुपर्छ : उपसभापति गुरुङ (भिडियोसहित)


काठमाडौँ — यतिबेला नेपाली काँग्रेस एक ढीक्का भएर चुनावमा जाने र बलियो जनमतसहित सरकार चलाउने योजनामा कटिबद्ध भइसक्नु पर्ने हो । तर काँग्रेसीले नै काँग्रेसलाई भोट हाल्छन् भन्नेमा सभापति देउवा नै विश्वस्त छैनन् । अहिले झनै काँग्रेसमा अन्तरद्धन्द्ध चर्किएपछि संकट देखिएको छ ।

सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चाहन्छन्, प्रचण्ड–माधवसँग तालमेल गर्न । तर संस्थापनइतरको नेतृत्व गरेको शेखर कोइराला पक्षले तालमेल नगर्ने, प्रचण्ड–माधवलाई नबोक्ने, एक्लै चुनावमा जाने र जितेर आउनेतयारी गरेको छ ।सभापति देउवा चाहन्छन्, पार्टीका संरचना आफु अनुकुलका व्यक्तिलाई मनोनित गर्ने ।

स्थानीय तहको निर्वाचनमा समेत आफ्नै तजविजमा उम्मेद्वार पठाउने । तर देउवाविरुद्ध प्रतिरोधमै जाने घोषणा गरेको शेखर पक्षले अब ४० प्रतिशत हिस्सा आफुले पाउनुपर्ने माग गरेको छ । प्रत्येक चुनाव हारिसकेपछि काँग्रेसले अन्तरघात भएको निष्कर्ष निकाल्दै आएको छ । अहिले पनि पार्टीदेखि सरकारसम्म र गठबन्धनदेखि तालमेलसम्मका विषयमा आन्तरिक द्धन्द्ध चर्किएको छ । कम्युनिष्ट फुटेको, मधेशवादीहरु छिन्नभिन्न भएको र आफु सरकारमा भएका बेला पनि पहिलो बन्न नसके, काँग्रेसको भविष्य छैन भन्ने बुझ्न विश्लेषकहरुले सुझाव दिएका छन् । यसै सन्दर्भमा योहो टेलिभिजनको योहो बहस कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङसँग गरिएको कुराकानी :