Breaking

सर्लाहीमा झडप हुँदा जसपा सांसद प्रमोद साह गम्भीर घाइते


काठमाडौँ — सर्लाही घर भएका जनता समाजवादी पार्टी (जसपा) का नेता एवं संघीय सांसद प्रमोद साह झडपमा परी गम्भीर घाइते भएका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिकामा पर्ने बययलबास बजारमा बाटो बनाउने विषयमा शनिबार बिहान सांसद साहसहित दुई पक्षबीच झडप भएको हो । फूलजोर–त्रिभुवननगर सडकखण्ड विस्तारका क्रममा फूलजोड युवा क्लबको आधा भवन भत्किएको र बाँकी रहेको जग्गामा क्लबकै भवन बनाउने कि बनाउन नदिने भन्ने विषयमा स्थानीय बासिन्दाबीच विवाद भएको हो । त्यही क्रममा भएको झडपमा परी संघीय सांसद् साहलाई ढुंगाले टाउकामा लागेको हो ।

बयलबासस्थित अमृत हेल्थकेयर अस्पतालमा प्राथमिक उपचारपछि सांसद साहलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।