राजनीति

प्रकाशमान सिंह भन्छन् – म्युनिस्टको दोहोरो चरित्रका कारण मुलुकमा अस्थिरता निम्तियो


काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीति विशुद्ध समाजसेवाको क्षेत्र भएको बताएका छन् ।

पछिल्लो समय राजनीतिलाई कमाई खाने भाँडो बनाउनेहरुका कारण राजनीतिप्रति निराशा छाएको उल्लेख गर्दै नेता सिंहले यस्तो बताएका छन् ।

‘घर घर जाऔं, कांग्रेस जिताऔं ‘ अभियानका क्रममा शनिवार बानेश्वर पुगेका नेता सिंहले नेपालका कम्युनिस्टहरुको दोहोरो चरित्रको कारण अस्थिरता निम्तिएको दाबी गरे । उनले कांग्रेसमात्रै स्पस्ट अडान भएको पार्टी भएको तर्क गरे । कांग्रेसले लिएको नीति र अडानकै कारण आजसम्मका हरेक राजनीतिक मुभमेन्ट सफल भएको र मुलुक अस्थिरतामा जानबाट जोगिएको बताए ।