Breaking

गाउँपालिका भवन उद्घाटन गर्न प्रचण्ड आज गोरखा जाँदै


काठमाडौँ — गाउँपालिका भवन उद्घाटन गर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै छन् ।

बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटन गर्न प्रचण्ड गोरखा जान लागेका हुन् । बिहान ११ बजे काठमाडौँबाट प्रचण्ड गोरखा जाने उनको सचिवालयले जनाएको छ ।